काठमाडौं- रसुवा बाढी तथा पहिरोमा परेकामध्ये हालसम्म १६२ जनाको शव फेला परेको छ।
बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार बाढी तथा पहिरो प्रभावित आठ जिल्लाबाट १६२ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।
फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ६४ जनाको रहेको प्रहरीले जनाएको छ। त्यसपछि धादिङमा २७, नवलपरासी पूर्वमा २६ र गोरखामा २० जनाको शव फेला परेको छ।
