महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

कञ्चनपुर- महाकाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० का ७५ वर्षीय रनु नाथको महाकाली नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार रातिदेखि बेपत्ता नाथ मंगलबार फेला परेको हो । नाथ बिहान मृत अवस्थामा नदीमा तैरिरहेको अवस्थामा फेला परेका हुन् । उनको पोष्टमार्टम गरी दाहसंस्कार गरिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.