नदीमा बगेकी महिलाको उद्धार

कञ्चनपुर- दोधारा चाँदनी नगरपालिका ९ आमभोजकी वर्ष २३ की आसा बस्नेतलाई प्रहरीको टोलीले महाकाली नदीमा बग्दै गरेका बेला उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार हिजो साँझ महाकाली नदी पारी दाउरा लिन गएकी आमालाई खाना पुरयाउन जाने क्रममा महाकाली नदीको बहाव बढदा आसालाई नदीले बगाएको हो।

स्थानिय बासिन्दाले इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा खवर गरेपछि प्रहरी निरीक्षक अर्जुन सिंह साउदको कमाण्डमा गएको सात जनाको प्रहरीको टोलीले बस्नेतको उद्धार गरेको प्रहरी नायव उपरिक्षक शाहले बताए।

Navadurga sun

उद्धार गरिएकी आशाको पेटमा पानी भरिदा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीमा पठाईएकोमा उपचार हुन नसकेपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा धनगढी पठाईएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...