सोमबार गड्डाचौकी र गौरीफन्टा नाकाबाट ८ सय २१ जना नेपाली स्वदेश भित्रिए भने ४ सय ६ जना बाहिरिए, ३० जनामा संक्रमण





कञ्चनपुर, १० जेठ- कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट सोमबार ८ सय २१ जना नेपाल भित्रिएका छन् । गड्डाचौकी नाकाबाट ३५ जना र गौरीफन्टाबाट ७ सय ८६ जना गरी ८ सय २१ जना स्वदेश फर्किएका हुन ।


दुवै नाकाबाट स्वदेश फर्किएका मध्ये ३० जनामा कोरोना संक्रमण देखिएको छ । गड्डाचौकी नाकाबाट ३५ जना भित्रिएकोमा २५ जनामा एन्टीजेन परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशान कार्यालय कञ्चनपुरले जनाएको छ । त्यस्तै गौरीफन्टाबाट ७ सय ८६ जना भित्रिएकोमा १८३ जनामा एन्टीजेन परिक्षण गर्दा २८ कोरोना संक्रमण देखिएको प्रशासले जनाएको छ ।



कोरोना संक्रमण देखिएका व्यक्तिहरुलाई भने कञ्चनपुरको महाकाली अस्पताल र सेती अस्तालको आईसोलेसनमा राखिने गरेको जनाएको छ । यस्तै सोमबार नै दुवै नाकाबाट ४ सय ६ जना नेपालबाहिर गएका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार कोरोना संक्रमण देखिएका बाहेका बाँकी अरु सबैलाई आ-आफ्नो स्थानीय तहको जिम्मा लगाईएको जनाएको छ ।




