नेपाली काँग्रेसद्वारा शुक्लाफाँटा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

कञ्चनपुर, ७ जेठ– नेपाली काँग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले शुक्लाफाँटा नगरपालिकालाई पल्स अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको छ।

समितिका सभापति जयबहादुर विष्टले बिहिबार कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाका प्रमुख दिलबहादुर ऐरलाई अक्सिमिटर र कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्।

Navadurga sun

नगरपालिकालाई आठ थान अक्सिमिटर र तीन थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो। विश्वव्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरसबाट सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन सामग्री हस्तान्तरण गरिएको विष्टले बताए।

सामग्री ग्रहणपछि नगर प्रमुख ऐरले नगरले सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचाररत बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताए। नगरपालिकालाई उपलब्ध गराइएका सामग्री नेपाली काँग्रेसका केन्द्रिय सदस्य नारायण प्रकास (एनपी) साउँदको पहलमा उपलब्ध गराईएको सभापति विष्टले जानकारी दिए। (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...