लम्कीचुहा नगरपालिकामा मिनी अक्सिजन प्लान्ट जडान गरिने

अत्तरिया, ३ जेठ- दोस्रो चरणको कोरोना संक्रमणका कारण अक्सिजनको अभावमा ज्यान गुमाउनेको संख्या बढ्न थालेपछि कैलालीको लम्कीचुहा नगरपालिकाले मिनी अक्सिजन प्लान्ट जडान गरिने भएको छ । उक्त नगरपालिकाले लम्कीचुहा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको हो ।

Dadeldhura hospital

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अक्सिजन नपाएर नगरवासीको अकालमा ज्यान नजाओस् भन्ने हेतुले नगरपालिकाको पहल र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा अक्सिजन प्लान्ट निर्माण गरिन लागिएको नगरप्रमुख महादेव बजगाईंले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

नगरपालिकाले सामाजिक विकास मन्त्रालयलाई अक्सिजन प्लान्ट जडानका लागि आवश्यक बजेट विनियोजनको माग गर्दै यही जेठ २ गते सामाजिक विकास मन्त्रालयमा पत्राचार गर्दै आवश्यक पर्ने थप रकम रु ५० लाख बजेट माग गरिएकामा तत्कालका लागि रु १५ लाख निकासा हुने नगरप्रमुख बजगाईंले बताए ।

Loading...