वैवाहिक बन्धनमा बाँधिए बुद्धि तामाङ

काठमाडौं- अभिनेता बुद्धि तामाङ वैवाहिक सम्बन्धमा बाँधिएका छन् । बुद्धिले आज (शुक्रवार) मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । भक्तपुर कौशलटारस्थित एक पार्टी प्यालेसमा तामाङ परम्पराअनुसार उनीहरूको विवाह भएको हो ।

विवाहमा दुवै पक्षका परिवारका सदस्यहरू, आफन्त तथा नजिकका साथीहरू सहभागी थिए । केही कलाकारहरूसमेत बुद्धिको विवाहमा पुगेका थिए ।

हास्य कलाकार केदारप्रसाद घिमिरेले बुद्धिको विवाहको तस्वीर फेसबुकमा शेयर गर्दै शुभकामना दिएका छन् । स्नातक तहमा अध्ययनरत अनु र बुद्धिको मागी विवाह भएको हो । ‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गरेका बुद्धि ‘हैट’ उपनामले पनि चर्चित छन् ।

Leave A Reply

Your email address will not be published.