१० लाख तिरेर हेलिकोप्टर मगाइयो, हेलिकोप्टरमै गयो ज्यान

परिवारको आरोप : हेलिकप्टर कम्पनीको लापरवाहीका कारण ज्यान गयो

अत्तरिया, २६ बैशाख- कैलालीको धनगढी हसनपुरका ४५ वर्षीय राजु श्रेष्ठलाई एक साताअघि कोरोना संक्रमणको पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई नवजीवन अस्पताल भर्ना गरिएको थियो । तर, अक्सिजन अभाव भएको भन्दै अस्पतालले थप अक्सिजनको व्यवस्था गर्न लगायो । थप अक्सिजनको व्यवस्था नभएपछि उनलाई सेती प्रादेशिक अस्पताल लगियो ।

सेतीमा पनि अक्सिजन अभाव भएपछि उनलाई काठमाडौं लैजाने निणर्य परिवारले गरे । अनेकन प्रयास गरेपछि बल्लतल्ल सिम्रिक एयरको हेलिकप्टर श्रेष्ठलाई काठमाडौं लैजानका लागि धनगढी आउन तयार भयो । हेलिकोप्टरलाई १० लाख रुपैयाँ भाडा दिने सहमति भयो । शनिबार बिहान ११ बजे धनगढीस्थित कभर्ड हलमा अवतरण गरेको हेलिकप्टर श्रेष्ठलाई बोकेर काठमाडौं उड्यो । तर, काठमाडौं पुग्दा उनको मृत्यु भइसकेको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

धनगढी कभर्ड हलको मैदानबाट हिँडेरै हेलिकप्टरमा चढेका थिए उनी । हिँडेर हेलिकप्टरमा चढेको बिरामीको एकाएक मृत्यु हुन नसक्ने भन्दै उनका परिवारले हेलिकोप्टरमाथि दोष लगाएका छन् । कम्पनीले उनको मृत्यु भएको खबर गरेपछि परिवार सशंकित बन्यो । श्रेष्ठका भतिज बाबुराजा श्रेष्ठले धनगढीबाट राम्रै गएका व्यक्तिको एकाएक मृत्यु भयो भन्दा पत्याउनै गाह्रो भएको बताए ।

परिवारजनले उनलाई ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा लैजाने गरी हेलिकोप्टरको व्यवस्था गरेका थिए। तर, हेलिकोप्टरले भने कपनस्थित करुण अस्पतालमा झारेको थियो । कम्पनीको लापरबाहीका कारण मृत्यु भएको भन्दै छानबिनको माग गरिदिन भतिज बाबुराजाले बताए ।

हेलिकप्टरमा रेस्क्यु गर्ने डाक्टरको टिम नै गतिलो नभएका कारण आकाशमा अक्सिजनको फ्लो मिलाउन नजानेर बिरामीको मृत्यु भएको हुनसक्ने भन्दै परिवारजनले छानबिनको माग गरेका हुन् ।

अंकलको पोस्टमार्टम गर्नुपर्ने बाबुराजा जिकिर गर्छन् । ‘हामीले पोस्टमार्टम गर्नुपर्ने माग गरेका छौँ । त्यसपछि थाहा हुन्छ, कसरी मृत्यु भयो भन्ने कुरा । हेलिकप्टर कम्पनीको गम्भीर गल्ती देखिउँदै बाबुराजाले बताएका छन् । हेलिकोप्टर कम्पनीले भने धनगढीदेखि काठमाडौंको उडान २ घण्टा १५ मिनेट भएको जनाएको छ । कोभिड संक्रमित बिरामीको अवस्था कतिखेर के हुन्छ भन्न नसकिने भन्दै घटनाबारे डाक्टरहरूसँग बुझ्ने काम भइरहेको कम्पनीले जनाएको छ ।

Loading...