ईशान मेमोरियल अस्पतालले २० शय्याको कोभिड अस्पताल बेलौरीमा संचालन

कोभिड अस्पतालको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य कुलवीर चौधरीले गरे

कञ्चनपुर, २५ बैशाख- सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयसँगको साझेदारीमा कञ्चनपुरको बेलौरीमा निजी क्षेत्रबाट सञ्चालित ईशान मेमोरियल अस्पतालले २० शय्याको कोभिड अस्पताल सञ्चालन गरेको छ ।

Dadeldhura hospital

उक्त कोभिड अस्पतालको शनिबार सुदूरपश्चिम प्रदेश सभा सदस्य कुलवीर चौधरीले उद्घाटन गरेको अस्पतालका अध्यक्ष आई जङ्ग कुँवरले बताए । कुँवरका अनुसार, उद्घाटन कार्यक्रममा पुर्वसांसद एवं संविधान सभा सदस्य दिवान सिंह विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अन्य राजनैतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति समेत रहेको थियो ।

Navadurga sun
Godawari sandesh

कोभिड १९ बाट सङ्क्रमित बिरामीहरूको निःशुल्क उपचार तथा खानाको व्यवस्था समेत रहेको उक्त अस्पतालमा बेलौरीका स्थानीय व्यापारी र महाकाली सुगर इन्डस्ट्रिज प्रा. लि. सहितको सहयोगमा अक्सिजनको समेत उपलब्धता रहेको बचाइएको छ । निजी क्षेत्रबाट बेलौरीमा यस महासङ्कटको बेला यो महान् सामाजिक कार्य गर्नु भएकोमा कार्यक्रमका सहभागीहरूले अस्पतालका अध्यक्ष आई जङ्ग कुँवर सहित अस्पताल परिवार एवं सहयोगी सबैलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

कोभिड १९ बाट सङ्क्रमित बिरामीहरूको निःशुल्क उपचारका लागि डाक्टर ललित चेमजोङ्ग र उहाँको १२ जनाको टिम खटिएको छ । अस्पतालले अन्य बिरामीहरूलाई मध्यनजर गरी कोभिड १९ बाट सङ्क्रमित बिरामीहरूको उपचारका लागि छुट्टै भवन ब्लक बि मा सेवा सुचारु गरेको छ । अन्य प्रकृतिका बिरामीहरूलाई भने जनस्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार अलग्गै ब्लक ए मा विशेषज्ञ डाक्टरहरूद्वारा अन्य सेवाहरू जारी रहेको ईशान मेमोरियल अस्पतालका अध्यक्ष आई जङ्ग कुँवरले जानकारी दिएका छन् ।

Loading...