प्रभाष र पूजाको ‘राधे श्याम’ को टिजर रिलिज





साउथका सुपरस्टार नायक प्रभाष र नायिका पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्र ‘राधे श्याम’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा पूजा र प्रभाषलाई रोमान्टिक अवतारमा देखाइएको छ ।



यो चलचित्र विभिन्न ४ भाषामा रिलिज हुनेछ । राधा कृष्ण कुमारको निर्देशनमा तयार भएको चलचित्रमा भुषण कुमार, भाम्सी र प्रमोदको लगानी छ ।


नायक प्रभाषको ४ वटा चलचित्र छायांकनका क्रममा छन् । तर, ‘राधे श्याम’ भने यो बर्ष रिलिज हुने पक्का भएको छ ।
यस्तै, यो चलचित्रको प्रदर्शन मिति पनि निर्माणपक्षले सार्वजनिक गरेको छ । चलचित्र जुलाई ३० बाट विश्वभर रिलिज हुने पक्का भएको छ ।



