‘बटवारा १९४७’ लाई नेपालमा प्रदर्शन अनुमति, १६ वर्षमाथिकाले मात्र हेर्न पाउने

काठमाडौं- अन्ततः १६ वर्षमाथिका वयस्क दर्शकले मात्र हेर्न पाउने सर्तमा भारतीय फिल्म ‘बटवारा १९४७’ लाई नेपालमा प्रदर्शन अनुमति दिइएको छ। केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई केही विषय संशोधनपछि ‘एडल्ट’ प्रमाणपत्र दिएको हो।

समितिका अध्यक्ष उदय रानामगरले आमिर खानले निर्माण गरेको फिल्मलाई ‘एडल्ट’ प्रमाणपत्र दिएका हुन्। वितरक मनोज राठीका अनुसार फिल्म आज बेलुकादेखि नेपालभर प्रदर्शनमा आउनेछ। केही चलचित्र हलले प्रदर्शन तालिकासमेत सार्वजनिक गरिसकेका छन्।

Navadurga sun

समितिले हालै नेपालमा भएका घटनाक्रमलाई ध्यानमा राख्दै फिल्मका केही विषयले धार्मिक सहिष्णुता, शान्ति–सुरक्षा तथा सामाजिक वातावरणमा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखिएपछि आवश्यक संशोधन गरेर मात्र प्रदर्शन अनुमति दिएको जनाएको छ।

फिल्ममा गरिएको संशोधन कार्यान्वयन भए–नभएको अनुगमन गर्न चलचित्र विकास बोर्डलाई पत्राचार गर्ने निर्णयसमेत समितिले गरेको छ। साथै, फिल्म प्रदर्शनमा आएपछि हलहरूमा समेत अनुगमन गरिने समितिका एक सदस्यले बताएका छन्।

राजकुमार सन्तोषी निर्देशित ‘बटवारा १९४७’ सन् १९४७ को भारत विभाजनका क्रममा मानिसहरूले भोगेको पीडा, विस्थापन, आघात र कठिन परिस्थितिबीच देखाएको साहस तथा मानवीय संवेदनाको कथामा आधारित छ।

असगर वजाहतको चर्चित नाटक ‘जिस लाहौर नई वेख्या, ओ जम्या ई नई’ बाट रूपान्तरण गरिएको फिल्ममा सिकन्दर मिर्जा (सनी देओल) आफ्नो परिवारसहित पाकिस्तान बसाइँ सरेपछि एउटा हिन्दू परिवारले छाडेको हवेलीमा बस्न पुग्छन्। त्यही हवेलीमा घर छाड्न अस्वीकार गरेकी वृद्ध हिन्दू महिला माई (शबाना आजमी) पनि रहेकी हुन्छिन्।

साम्प्रदायिक तनाव र हिंसा बढ्दै गएपछि सिकन्दरले धार्मिक घृणाभन्दा मानवता, करुणा र सहिष्णुतालाई प्राथमिकता दिँदै माईलाई संरक्षण र आश्रय दिने निर्णय गर्छन्। यही घटनाक्रम फिल्मको मुख्य कथाको केन्द्रमा रहेको छ।

फिल्ममा सनी देओल, प्रीति जिन्टा, शबाना आजमी, करण देओल, अली फजल र अभिमन्यु सिंहको प्रमुख भूमिका रहेको छ। लामो समयपछि ठूलो पर्दामा फर्किएकी प्रीति जिन्टाका लागि यो फिल्म महत्वपूर्ण कमब्याकका रूपमा समेत हेरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...