नेपाल प्रहरी र लागू औषध तस्करबीच गोली हानाहान






धनगढी- नेपाल-भारत सीमा क्षेत्रमा तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ३ मोरियाघाट पिल्लर नम्बर ७०७/३ नजिकमा नेपाल प्रहरी र भारतीय तस्करबीच गोली हानाहान भएको कैलाली प्रहरीले बताएको छ । कैलाली प्रहरीका अनुसार भारतीय लागू औषध तस्करले नेपाल प्रहरीमाथि गोली चलाएका हुन् ।


तस्करहरुले एक राउड गोली चलाएपछि नेपाल प्रहरीले ३ राउड गोली चलाएको बताएको छ । दोहोरो भिडन्तमा परि भारतको लखिमपुर खिरी जिल्ला तिकुनिया ग्रामपञ्चायत रणनगरका ४० वर्षिय दिल्लु सिँह घाइते भएका छन् । उनीसंगै रहेका अन्य ४ जना भारतीय तस्करहरु भारत तिर भागेका छन ।



