सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा खानेपानी आयोजनाको उद्घाटन

खानेपानी योजना अन्र्तगत ९ हजार ९ सय ३० जना लाभान्बित

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उद्घघाटन गरिएको छ । आज एक औचारिक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आयोजनाको उद्घाटन गरेका हुन ।  १५ बर्ष डिजाईन अबधि रहेको श्रीपुर खानेपानी आयोजनाको संघिय सरकार मार्फत निर्माण गरिएको उक्त आयोजना सोहि कार्यक्रममा श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई हस्तान्तरण गरिएको थियो ।

कैलालीको गोदावरी नगरपालिका वडा नं ६ र ७ लालपुरका स्थानियहरुको घर घरमा शुद्ध खानेपानी पुर्‍याउन थालिको छ । गर्मीको समयमा खडेरीले गर्दा सधै खानेपानी एकदमै हाहाकार हुने गोदावरी नगरपालिका वडा नं ७ टेकुलामा निर्माणाधिन श्रीपुर खानेपानी आयोजनाले स्थानियहरुको घर घरमा शुद्ध खानेपानी पुर्‍याउन थालेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

२०७१ सालमा सुरु भएको खानेपानी आयोजनाले वडाबासीलाई यसै बर्षदेखी पानी बितरण गर्न सुरु गरेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिब खम्ब बुढाले जानकारी दिए । उनका अनुसार ८ करोड ५१ लाख ७९ हजार कुल लागत रहेको सो आयोजनामा अहिले सम्म ५ करोड २० लाख रुपैया खर्च भैसकेको छ । सो योजना मार्फत १ हजार ४ सय ७५ घरधुरीका ९ हजार ९ सय ३० जना लाभान्बित हुने उनले बताए । खानेपानी आयोजना अन्र्तगत २ लाख २५ हजार लिटर क्षमताको ट्याङ्की, २ वटा डिलिङ डिपट्युबेल, २ वटा भवन, ८ वटा भल्व च्याम्बर र ४९ दशमलव ८० किलोमिटर पाईप विस्तार गरिसकेको सचिब बुढाले बताए ।

अहिले ७ सय ५० घरधुरीमा धारा जडान गरिसकिएको बताउदै उनले बिस्तारै सबै घरधुरीलाई खानेपानीको पहुचमा पुञ्याइने जानकारी दिए । यसमा वडा नं ७ का सबै र वडा नं ६ का आधा स्थानियहरु लाभान्बित हुने उनले बताए । श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष वोगटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट रहेका थिए भने बिशिष्ट अतिथिमा समाजिक विकास मन्त्री कृष्ण राज सुवेदी रहेका थिए ।

कार्यक्रममा प्रदेश सांसद चुन कुमारी चौधरी, स्थानिय तहका जनप्रतिनिधि, खानेपानी कार्यालयका कर्मचारी बिभिन्न संघसस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । खानेपानी कार्यालयका सह व्यवस्थापक तारा अधिकारीले स्वागत मन्त्यव्यवाट सुरु भएको कार्यक्रमको संचालन समितिका सचिव बुढाले गरेका थिए ।

Loading...