गोदावरी नपाका १२ ओटै वडाबाट हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइदै





अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा पनि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ । यस नगरपालिका भित्रका १२ ओटै वडाहरुबाट हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने काम सुरु भएको छ ।



सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा हात्तिपाईले रोग निवारण भएपनि कैलाली जिल्लामा अझै निवारण हुन नसकेपछि गोदावरी नगरपाालिका सहित जिल्लाभर आज देखी नवौ पटक हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान सुरु गरिएको हो ।



सर्वप्रथम गोदावरी नगरपालिका कार्यापालिका सदस्य ईश्वरा आचार्यले औषधि खादै अभियानको सुरुवात गरेकी हुन् । गोदावरी नगरपाकिला स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कुबरका अनुसार १२ ओटै वडाका रहेका शहरी स्वास्थ्य क्लिनिक, सरकारी अस्पताल र स्वास्थ्यकर्मीहरुले तोकेका केन्द्रहरुवाट औषधी खुवाउने काम सुरु भएको उनले बताए।



