सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि

धनगढी- सुदूरपश्चिममा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा ४४ जनाको परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

Dadeldhura hospital

उनका अनुसार धनगढी उपमहानगरपालिका वडा नं.३ का ४५ वर्षीय महिला, ३९ वर्षीय पुरुष र वडा नं. ५ का ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यसैगरी कैलालीकै गोदावरी नगरपालिकाका २ जना, घोडाघोडी नगरपालिकाका १ जना, अछामको मंगलेसन नगरपालिका, पञ्चदेवल नगरपालिका, डोटीको दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिकाका, कञ्चनपुरको पुनर्वास नगरपालिका र डडेल्धुराको भागेश्वर गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

Loading...