होटलमा मृत भेटिएका युबकका आफन्तहरु आन्दोलित

धनगढी- धनगढीको सनराइज होटलमा मृत भेटिएका तिलक भण्डारीका आफन्त आन्दोलित भएका छन् । प्रहरीले घटनामा दोहोरो भूमिका खेलेको आरोप लगाउँदै आक्रोशित बनेका उनीहरुले ट्राफिक चौराहामा सडक अवरुद्ध पार्नुका साथै उनिहरुले जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका छन ।

Dadeldhura hospital

बुधबार राति होटलमा बसेका बेला धनगढी उपमहानगरपालिका वडा नं. १७ धुरजन्नाका तिलक भण्डारी उक्त होटलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनी २ दिनदेखि होटलमै बसिरहेका थिए । उनीहरुले आफूहरुको सहमती विपरीत जबरजस्ती प्रहरीले होटलबाट शव उठाएको आरोप समेत लगाएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै प्रहरीले धनगढी चौराहमा सडक अवरुद्ध पार्न खोज्ने ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए । तर प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन ।

Loading...