कञ्चनपुर- टिकटक भिडियो खिच्ने क्रममा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१०, लटाली टोलकी १४ वर्षीया किशोरी महाकाली नदीमा खसेर बेपत्ता भएकी छन्।
बेपत्ता हुनेमा सृष्टि सुनार रहेकी छन्। सोमबार दिउँसो महाकाली नदीको तटीय क्षेत्रमा टिकटक भिडियो बनाउने क्रममा अचानक खुट्टा चिप्लिएपछि उनी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

नदीमा खसेपछि किशोरी बेपत्ता भएकी हुन्। घटनालगत्तै उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
महाकाली नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ। प्रहरीले नदी तथा तटीय क्षेत्रमा भिडियो बनाउने, फोटो खिच्ने वा अन्य गतिविधि गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
