भोटेकोशी बाढीको कहर : १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता

८ हजार ६३१ जनाको जीवित उद्धार, १ हजार २७० बेपत्ताको विवरण वेबसाइटमा

काठमाडौं- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ३४४ वटा शव फेला परेका छन् भने ४ हजार ८९८ जना अझै बेपत्ता छन्।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन्। त्यस्तै, ५०१ वटा शवका आंशिक अंगहरू समेत फेला परेका छन्। तीमध्ये अधिकांशको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

Navadurga sun

२ हजार ९३० नेपाली र ६१८ विदेशी बेपत्ता

बेपत्ता हुने ४ हजार ८९८ जनामध्ये २ हजार ९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन्। नेपाली बेपत्तामध्ये २ हजार ४४८ पुरुष र ४८२ महिला रहेका छन्।

यस्तै, थप १ हजार ३५० जनाको बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ। यी विवरणको खोज तथा प्रमाणीकरणको काम भइरहेको छ।

८ हजार ६३१ जनाको जीवित उद्धार

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ६३१ जनाको जीवित उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ७ हजार ३८७ नेपाली र १ हजार २४४ विदेशी नागरिक रहेका छन्।

बाढीका कारण घर तथा बासस्थान गुमाएर विस्थापित भएका ३ हजार ६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।

खोज तथा उद्धारमा ७ हजार २१२ प्रहरी परिचालन

बाढीपछि बेपत्ता तथा प्रभावितको खोजी र उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले ७ हजार २१२ जना प्रहरी जनशक्ति खोज तथा उद्धार कार्यमा परिचालन गरेको जनाएको छ।

उद्धार तथा खोजीका क्रममा ६५ जना प्रहरी कर्मचारीसमेत बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

१ हजार ३० शवको व्यवस्थापन

फेला परेका शवमध्ये हालसम्म १ हजार ३० शवलाई जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका शव तथा मानव अवशेषको पहिचानका लागि प्रहरीले डीएनए परीक्षणलाई तीव्रता दिएको छ।

हालसम्म १ हजार २६० मृतक र ९७२ जना मृतकका आफन्त गरी कुल २ हजार २३२ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, पहिचान हुन नसकेका १ हजार २७० जनाको विवरण वेबसाइटमा सार्वजनिक गरिएको छ। आफन्त तथा परिवारजनबाट प्राप्त विवरणका आधारमा मृतक तथा बेपत्ताको पहिचान गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिको यकिन विवरण संकलन, बेपत्ताको खोजी तथा शव पहिचानको प्रक्रिया अझै जारी रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...