भोटेकोशी बाढीपीडितका लागि गोदावरी कांग्रेसको १ लाख १ हजार १११ रुपैयाँ सहयोग

अत्तरिया- भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाली कांग्रेस गोदावरीले प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

शुक्रबार कैलालीको गोदावरी नगरपालिकामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आ–आफ्नो इच्छाअनुसार स्वेच्छिक रूपमा रकम संकलन गरी एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्।

Navadurga sun

नेपाली कांग्रेस गोदावरीले केही समयदेखि ‘जसको कोही छैन, उसको नेपाली कांग्रेस’ नामक अभियान सञ्चालन गर्दै आएको छ। उक्त अभियानअन्तर्गत विभिन्न समयमा समस्यामा परेका गोदावरीका नागरिकलाई सहयोग गर्दै आएको कांग्रेसले यसपटक भोटेकोशी बाढीपीडितका लागि सहयोग गरेको हो।

नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिका सचिव योगेश भट्टका अनुसार अभियानकै निरन्तरतास्वरूप बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिएको हो।

उनले नेपाली कांग्रेस केन्द्रको निर्देशनअनुसार विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको बताए। बाढी प्रभावितका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूले स्वेच्छिक रूपमा रकम उपलब्ध गराएको उनको भनाइ छ।

भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन विभिन्न संघसंस्था, राजनीतिक दल, व्यवसायी तथा व्यक्तिहरूले सहयोग अभियान सञ्चालन गरिरहेका छन्। गोदावरी कांग्रेसको यो सहयोग पनि विपद्का समयमा पीडित परिवारलाई राहत तथा पुनःस्थापनामा टेवा पुर्‍याउने उद्देश्यले गरिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...