भारत–नेपाल सीमामा ८.५८ ग्राम ब्राउन सुगरसहित दुई नेपाली पक्राउ

धनगढी- भारतको उत्तर प्रदेशस्थित खीरी जिल्लाको गौरीफन्टा क्षेत्रमा भारत–नेपाल सीमामा गरिएको लागूऔषध नियन्त्रण अभियानका क्रममा दुई नेपाली नागरिक ८.५८ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ का २२ वर्षीय करणबहादुर गुरुङ र कैलालीकै १६ वर्षीय एक बालक रहेका छन्। उनीहरूले प्रयोग गरेको सुदूरपश्चिम प्रदेश ०१–०१३ प ८९७५ नम्बरको स्कुटी जाँच गर्दा उनीहरूको साथ र स्कुटीको डिग्गीबाट कुल ८.५८ ग्राम ब्राउन सुगर बरामद भएको भारतीय प्रहरीले जनाएको छ।

Navadurga sun

घटनापछि गौरीफन्टा प्रहरी थानामा लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको छ भने प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...