डडेल्धुरामा बोलेरो जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ३ जना घाइते

डडेल्धुरा- डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ खर्स्याखानमा महेन्द्र राजमार्ग अन्तर्गत बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चालकसहित ३ जना घाइते भएका छन्।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान करिब २ बजे सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

Navadurga sun

दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय सुगन लोथ्याल र अन्दाजी २८ वर्षीय हनु लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ का ३५ वर्षीय सरस्वती लोथ्याल तथा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ निवासी अमृत घरेडी रहेका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...