सुदूरपश्चिममै पहिलो पटक काठमाडौं विश्वविद्यालयको बिआइटी कार्यक्रम धनगढीमा सञ्चालन

अत्तरिया- सुदूरपश्चिम प्रदेशका विद्यार्थीले अब सूचना प्रविधि अध्ययनका लागि काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता कम हुने भएको छ। सुदूरपश्चिममै पहिलो पटक काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा व्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (BIT) कार्यक्रम धनगढीबाट सञ्चालन हुने भएको छ।

Ganyapdhura gau

धनगढीस्थित सोफान वेस्टर्न एकेडेमी ले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा बिआइटी कार्यक्रम सञ्चालन गर्न लागेको हो। आधुनिक सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित पाठ्यक्रममा आधारित यो कार्यक्रमले सुदूरपश्चिमका विद्यार्थीलाई आफ्नै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि शिक्षा अध्ययन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

Navadurga sun
Godawari sandesh

कलेजका अनुसार बिआइटी कार्यक्रमका लागि भर्ना प्रक्रिया सुरु भइसकेको छ। विद्यार्थीले यस कार्यक्रममार्फत कृत्रिम बुद्धिमत्ता (एआई), सफ्टवेयर विकास, डाटा विज्ञान, मेसिन लर्निङ तथा आधुनिक सूचना प्रविधिका विविध विषयमा अध्ययन गर्नेछन्। विश्वव्यापी रूपमा बढ्दो एआई र डिजिटल प्रविधिको मागलाई ध्यानमा राखेर पाठ्यक्रम तयार गरिएको कलेजले जनाएको छ।

Dadeldhura hospital

हालसम्म गुणस्तरीय सूचना प्रविधि शिक्षा हासिल गर्न काठमाडौं, अन्य ठूला सहर वा विदेश जानुपर्ने अवस्था रहेका सुदूरपश्चिमका विद्यार्थीले अब आफ्नै प्रदेशमा बसेर काठमाडौं विश्वविद्यालयको गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने भएका छन्। यसबाट विद्यार्थी तथा अभिभावकको आर्थिक भार कम हुनुका साथै प्रदेशमै दक्ष सूचना प्रविधि जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

कलेजका अनुसार यस शैक्षिक सत्रका लागि केवल ३० सिट उपलब्ध छन्। प्लस–टु विज्ञान संकाय उत्तीर्ण गरेका तथा मौका परीक्षामा सहभागी हुन लागेका विद्यार्थीले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

बिआइटी कार्यक्रम सञ्चालन हुने सोफान वेस्टर्न एकेडेमी धनगढी उपमहानगरपालिका–४, चटकपुर, माया मेट्रो अस्पताल अगाडि रहेको छ।

कलेज प्रशासनले सीमित सिट भएकाले इच्छुक विद्यार्थीलाई समयमै आवेदन दिई आफ्नो स्थान सुरक्षित गर्न आग्रह गरेको छ। सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा भविष्य निर्माण गर्न चाहने सुदूरपश्चिमका विद्यार्थीका लागि यो कार्यक्रम प्रदेशकै पहिलो तथा महत्वपूर्ण शैक्षिक अवसरका रूपमा हेरिएको छ।

Couple
Loading...