गोदावरीमा वन कर्मचारीले भीरबाट खसालेको टेम्पो प्रकरण ५ लाख क्षतिपूर्तिमा टुङ्गियो

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–४ बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भीरबाट धकेलेर खसालेको घटना पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमतिसँगै टुङ्गिएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

गत जेठ २९ गते भएको उक्त घटनाको भिडियो सार्वजनिक भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई सात दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको थियो।

Navadurga sun
Godawari sandesh

पीडित धनादेवी धामीले भत्किएका घरटहरा पुनर्निर्माण, होल्डिङ सेन्टरमा राख्ने व्यवस्था तथा १० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेकी थिइन्। तर कानुनी प्रक्रिया, अतिक्रमण हटाउने कर्मचारीको दायित्व तथा सवारी साधन सडक किनारमा राखेर व्यापार गर्दा जरिवाना हुन सक्ने विषयमा जानकारी गराइएपछि उनी पाँच लाख रुपैयाँ क्षतिपूर्ति लिएर विवाद टुङ्ग्याउन सहमत भएकी हुन्।

छानबिन समितिका संयोजक डा. विष्टका अनुसार अतिक्रमण हटाउने क्रममा केही कर्मचारी आवेगमा आई अनावश्यक बल प्रयोग गरेको देखिएकाले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति गरिएको हो।

Loading...