कोशीमा भारी वर्षाको सम्भावना, तराईमा तातो लहरको जोखिम

हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Dadeldhura hospital

महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ। आज कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

Navadurga sun
Godawari sandesh

कोशी प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा पनि अत्यधिक गर्मी रहने अनुमान गरिएको छ। महाशाखाले चट्याङ, भारी वर्षा र तातो लहरबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

Loading...