कैलालीको गेटामा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चार शैक्षिक कार्यक्रम सुरु हुने

अत्तरिया- सरकारले कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मा एमबीबीएससहित चार वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सो विश्वविद्यालयमा शैक्षिक सत्र २०८३/८४ बाटै कार्यक्रम सुरु गरिने जानकारी दिएका हुन्।

Navadurga sun

सरकारले स्वास्थ्य शिक्षा विस्तार तथा प्रदेशस्तरीय चिकित्सा जनशक्ति उत्पादनलाई मुख्य लक्ष्य बनाउँदै एमबीबीएससहित अन्य तीन विधाका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ।

यस निर्णयसँगै सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...