अत्तरियामा गोदावरी नगरपालिका तेक्वान्दो विकास समिति गठन

कार्यसमितिको अध्यक्षमा सन्तोष भट्ट चयन

प्रकाश बहादुर बोहरा
अत्तरिया, १४ चैत- कैलालीको अत्तरियामा नेपाल टेक्वान्दो संघ सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले गोदावरी नगरपालिका तेक्वान्दो विकास समिति गठन कार्य सम्पन्न गरेको छ । उक्त संघको आयोजनामा शनिबार “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकूद” भन्ने नारा सहित कायक्रम सम्पन्न गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कार्यक्रममा सुदुरपश्चिम तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष सरोज चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिका वडा नं.१० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु) रहेका थिए भने विशिष्ठ अतिथिमा अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा, सुदूरपश्चिम तेक्वान्दो प्रमुख गोविन्द बिष्ट र पूर्व तेक्वान्दो खेलाडी एवम् अत्तरिया उद्योग उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त रोकाया रहेका थिए भने अतिथीमा तेक्वान्दोका खेलाडी एवम् प्रशिक्षक शिवराज भट्टराई, कैलाली जिल्ला कार्यसमिति सदस्य देवराज भट्टराई, पूर्व तेक्वान्दो खेलाडी करन चन्द, पिएफए स्पोर्ट क्लवका अध्यक्ष योगश भट्ट, कोषाध्यक्ष टेक भट्ट, युवा व्यवसायि तथा समाजसेवी चन्द्र प्रकाश भट्ट, दुर्गा लक्ष्मी वन समुदायिक समितिका अध्यक्ष दुर्गा कडायत लगायतको सहभागीता रहेको थियो ।

त्यसैगरी गोदावरी नगरपालिका तेक्वान्दो विकास समिति गठन प्रक्रिया अगाडी बढाइएको छ । उक्त गठन प्रक्रियाको कार्यसमितिको अध्यक्षमा सन्तोष भट्ट, उपाध्यक्षमा दुई जना करन बोगटी र आषिश भट्टराई, सचिवमा अमित वराल, कोषाध्यक्षमा सुनिल बिष्ट र सदस्यहरुमा विनोद खत्रि, सुसिला बोहरा, हरिष बिष्ट, जगन्नाथ गुप्ता, सुशिला शाही, मान जङ्ग राई चयन भएका छन् ।

उक्त नवनिर्वाचित पदाधिकारीहरुलाई गोदावरी नगरपालिका वडा नं. १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले सपथ खुवाएका थिए । कार्यक्रमको सञ्चालन तेक्वान्दो खेलाडी एवम् प्रशिक्षक ईन्द्र सिँहले गरेका थिए ।

Loading...