गोदावरी–८ स्याउलेमा ट्राफिक प्रहरी पोस्टको नयाँ भवन उद्घाटन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा अस्थायी ट्राफिक प्रहरी पोस्टका लागि नयाँ भवन निर्माण गरिएको छ। स्थानीयवासीको जिन्सी तथा नगद सहयोगबाट ८ लाख ८१ हजार रुपैयाँको लागतमा दुई कोठे भवन निर्माण गरिएको हो।

सो भवनको सोमबार आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम बहादुर रानाले उद्घाटन गरेका हुन्। भवन निर्माणका लागि प्रहरी हवलदार वीरबहादुर विष्टको पहलमा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो।

Navadurga sun

उद्घाटन समारोहमा सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको छ भने उनीहरूको नाम भवनमा अभिलेखीकरण गरिएको छ। यसअघि ट्राफिक प्रहरी कर्मचारीहरू भवन अभावमा सामुदायिक वनको कटेरोमा बस्दै आएका थिए।

नयाँ भवन निर्माणसँगै अब ट्राफिक सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...