प्रहरीलाई हातपात गरेको अभियोगमा युवक पक्राउ

बाजुरा, २७ भदौ- बाजुरामा प्रहरीमाथि हातपात गरेको अभियोगमा एक युवक पक्राउ परेको छन् । प्रहरीलाई हातपात गरेको अभियोगमा बुढिगंगा नगरपालिका–८ बस्ने २१ वर्षीय प्रकाश कुँवरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट रिठाबजार बाजुराबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा पदैल आएका उनले सवारी साधन किन जाँच गर्नु पर्यो, नगरे के हुन्छ भनि विवाद गरी हातपात समेत गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...