चुरे गाउँपालिका–५ मा १७ वटा बाख्रा वितरण

अत्तरिया- चुरे गाउँपालिका वडा नं. ५ मा जनजाति आयआर्जन कार्यक्रम अन्तर्गत १७ वटा बाख्रा वितरण गरिएको छ । आर्थिक रूपले सशक्त बनाउन स्थानीय जनजाति समुदायलाई लक्षित गरी बाख्रा वितरण कार्यक्रम सञ्चालन गरिएको हो ।

Dadeldhura hospital

वितरण कार्यक्रम चुरे गाउँपालिका–५ का वडा अध्यक्ष वीर बहादुर धामीको आतिथ्यतामा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको हो । उनले लाभग्राहीहरूलाई बाख्रा हस्तान्तरण गर्दै आत्मनिर्भर बन्न प्रोत्साहन गर्नुपर्ने बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रममार्फत १७ जना लाभग्राहीलाई प्रतिव्यक्ति एक/एक वटा गरी बाख्रा वितरण गरिएको छ । वडा कार्यालयले आगामी दिनमा थप आयआर्जनमुखी कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ ।

यस प्रकारको कार्यक्रमले समुदायमा रोजगारी, आर्थिक सशक्तिकरण र पशुपालनमा रुचि बढाउने अपेक्षा गरिएको छ ।

Loading...