खुटिया नदीमा डुबेर १७ वर्षीय किशोरको मृत्यु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ।

शुक्रबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर धनगढी उपमहानगरपालिका–१ का १७ वर्षीय दोर्ण सुवेदी बेपत्ता भएका थिए। उनको खोजी गर्ने क्रममा शुक्रबार राति शव फेला परेको प्रहरीले जनाएको छ।

Navadurga sun

बेपत्ता सुवेदीको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका थिए। खोजीका क्रममा राति उनको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...