नवजीवन सहकारीका सदस्यलाई अत्तरिया अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट

ओपीडी टिकटमा ५० प्रतिशतदेखि औषधिमा ६ प्रतिशतसम्म छुट, परिवारका सदस्यले समेत सुविधा पाउने

अत्तरिया- कैलालीको अत्तरियास्थित अत्तरिया अस्पतालले नवजीवन सहकारी संस्था लिमिटेडका शेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यलाई विभिन्न स्वास्थ्य सेवामा विशेष छुट दिने भएको छ।

यससम्बन्धी सम्झौतामा शुक्रबार नवजीवन सहकारी संस्था लिमिटेड र अत्तरिया अस्पतालबीच हस्ताक्षर भएको हो। सम्झौताअनुसार २०८३ असोज १६ गतेदेखि २०८४ असोज १५ गतेसम्म सहकारीका शेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यले अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन्।

Navadurga sun

सम्झौतामा नवजीवन सहकारीका अध्यक्ष गोपाल राज पाठक, महाप्रबन्धक प्रदिप राज जोशी र अत्तरिया अस्पतालका प्रबन्ध निर्देशक डा. पारश पन्तले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार ओपीडी टिकटमा ५० प्रतिशत, जनरल बेड तथा क्याबिनमा १५ प्रतिशत र आईसीयू तथा एनआईसीयू बेडमा १० प्रतिशत छुट दिइनेछ।

त्यस्तै, जनरल सर्जरी, अर्थोपेडिक तथा गाइनोकोलोजी सेवामा ८ प्रतिशत, प्याथोलोजी परीक्षणमा १५ प्रतिशत, भिडियो एक्सरे तथा एक्सरेमा १० प्रतिशत, इको, इन्डोस्कोपी तथा ईसीजीमा २० प्रतिशत र औषधिमा ६ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

छुट सुविधा लिन सहकारीका सदस्यले आफ्नो सदस्यता प्रमाणपत्र वा परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। अन्य प्याकेज, बीमा, सरकारी वा संस्थागत छुट सुविधा लिइरहेको अवस्थामा भने दोहोरो छुट लागू नहुने सम्झौतामा उल्लेख छ।

नवजीवन सहकारीका अध्यक्ष गोपाल राज पाठकले सहकारीको वार्षिक कार्यक्रमअन्तर्गत शेयर सदस्यलाई राहत प्रदान गर्ने उद्देश्यले अस्पतालसँग सम्झौता गरिएको बताए। उनले शेयर सदस्यसँगै उनीहरूका परिवारका सदस्यलाई समेत सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य रहेको बताए।

अत्तरिया अस्पतालका प्रबन्ध निर्देशक डा. पारश पन्तले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवजीवन सहकारीसँग स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता गरिएको बताए। सम्झौताबाट सहकारीका शेयर सदस्य तथा परिवारका सदस्यलाई स्वास्थ्य सेवामा प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...