आज देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं- आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने देशका तराई भू-भागमा समेत आंशिक बदली रहने सम्भावना छ।

Navadurga sun

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा समेत मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

राति पनि केही स्थानमा वर्षाको सम्भावना

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागसँगै देशका तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्नेछ।

यसैगरी, तराईका भू-भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन तथा यातायातमा प्रभाव पर्नसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...