सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न गोदावरी–१० को आग्रह
असोज मसान्तभित्र नवीकरण गर्नुपर्ने, नवीकरण नगरे भत्ता रोकिन सक्ने
अत्तरिया- गोदावरी नगरपालिका–१० नं. वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता तथा बालपोषण भत्ता लिइरहेका लाभग्राहीलाई समयमै भत्ता नवीकरण गर्न आग्रह गरेको छ।
वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक सुरक्षा भत्ताको दर्ता नवीकरण २०८३ साल असोज मसान्तसम्म गरिसक्नुपर्ने जनाएको हो।

कार्यालयका अनुसार सामाजिक सुरक्षा भत्ता तथा बालपोषण भत्ता लिइरहेका लाभग्राहीमध्ये नवीकरण गर्न बाँकी रहेकाहरूले तोकिएको समयभित्र वडा कार्यालयमा उपस्थित भई आफ्नो भत्ता नवीकरण गराउनुपर्नेछ।


तोकिएको समयभित्र नवीकरण नगराएमा सम्बन्धित लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने वडा कार्यालयले जनाएको छ। साथै, नवीकरण नगराएका कारण भत्ता नपाएमा त्यसको जिम्मेवारी वडा कार्यालय नहुने सूचनामा स्पष्ट पारिएको छ।
वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता तथा बालपोषण भत्ता प्राप्त गरिरहेका सबै लाभग्राहीलाई समयमै वडा कार्यालयमा सम्पर्क गरी नवीकरण प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।
गोदावरी नगरपालिका–१० नं. वडा कार्यालयले लाभग्राहीको सुविधालाई ध्यानमा राख्दै अन्तिम समय कुर्नुभन्दा अगावै नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

