अत्तरियामा सडक सुरक्षा सम्वन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न





प्रकाश बहादुर बोहरा
अत्तरिया, ७ चैत- कैलालीको अत्तरियामा सडक सुरक्षा सम्वन्धि सचेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सडक वोर्ड नेपालको सहकार्यमा डि आर नेपाल काठमाण्डौको आयोजनामा शनिबार होटल डेलिसियसमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा डि आर नेपालका अध्यक्ष इन्जिनियर विरेन्द्र खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी सुदूरपश्चिम ट्राफिक प्रहरी प्रमुख एसपी बामदेव गौतम रहनु भएको थियो ।





कार्यक्रममा डि आर नेपालका अध्यक्ष खड्काले रोपसेप्टीका वारेमा हामीहरुले सम्पूणर् जानकारी लिन सकेमा यसबाट हुने दुर्घटनालाई केही मात्रामा भए पनि कम गर्न सक्ने बताएका छन् । जस्तै कुन लाइनबाट हिड्नु पर्छ कस्तो किसिमको संरचना बताउनु पर्छ, घट्ना घटिसकेपछि त्यसको रेसपोन्स कसरी गर्नुपर्छ भन्ने कुराको सम्पूणर् जानकारी भएमा त्यसबाट हुन क्षतीलाई कम गर्न सकिन्छ त्यही उद्देश्यका साथ हाम्रो डि आर नेपालको स्थापना भएको बताए ।


त्यसैगरी एसपी गौतमले जतिपनि चालकहरु ट्राइल लिएर पासभएपछि सिङगनल ट्राफिकको इनिसेन्स निर्माण संग समन्वय गरी वरिटेन्सनमा भिडियो क्लिपहरु मार्फत सचेतना गराउन सकिने बताए । ट्राइल दिँदा आफ्नो साधन प्रयोग गरी पास हुन्छन भने सडकमा गएपछि विभिन्न अवरोधहरु, सडक कसरी प्रयोग गर्ने, सुरक्षा तरिकाले कसरी चलाउने लगायतका कुराहरुको बारेमा कम्तीमा पनि एक घण्टाको क्लास लिनका लागि हाम्रो पहल रहेको एसपी गौतमले बताए। यातायात कार्यालयमा ट्राइल दिएर पास भएकाहरुलाई राजश्व लिनुभन्दा अगाडी एक घण्टा क्लास अनिवार्य लिएपछि मात्र लाइसेन्स पाइन्छ भन्ने व्यवस्था मिलाउन सके अति राम्रो हुन सक्ने समेत बताए ।

त्यसैगरी विशिष्ट अतिथी ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख उमेश चन्द रहेका थिए भने अतिथीमा नेपाली कांग्रेस वडा नं.८ का शेर बहादुर अधिकारी, नेपाल यातायात मजदूर संघका केन्द्रिय सदस्य शिवराज भट्टराई, सुदुरपश्चिम मजदूर भलाई कोषका सदस्य करन चन्द, सुदूरपश्चिम यातायात प्रा.लि.का मान बहादुर खाती, यातायात मजदूर संघ ईकार्य अत्तरियाका अध्यक्ष लोक बहादुर रोकाया, पूर्व डिएसपी विर्ख बहादुर रावल, सुदूरपश्चिम इन्जिनियर एसोशियसनका सभापति लव प्रसाद जोशी लगायतको सहभागित रहेको थियो ।

उक्त कार्यक्रमको उद्देश्यमाथि विर्ख बहादुर रावलले प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन गोदावरी एफएमका समाचार प्रमुख तथा गोदावरी पत्रकार मञ्चका अध्यक्ष हेमराज भट्टले गरेका थिए ।



