देउवाको गृहजिल्लामा वडा अधिवेशन सुरु, २५ वडामा सर्वसम्मत नेतृत्व चयन

अत्तरिया, २५ भदाै– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशन सुरु भएको छ । विहान ८ बजेबाट अधिवेशन सुरु भएको हो ।

निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार जिल्लाका ५२ वडा मध्ये २५ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । उनले भने, ‘बिहान ८ बजेबाट वडा अधिवेशन गर्ने गरी समय निर्धारण गरेका थियौं । सोही समयमा अधिवेशन सुरु भइसकेको छ । अहिले मतदाता नामावली प्रकाशित गर्ने काम भइरहेको छ ।’ २७ वडामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ । मल्ल पक्षको वहिस्कारका बीच अधिवेशन जारी छ । सभापति मल्ल, उपसभापति करुणकर भट्ट लगायत भने अधिवेशन प्रक्रियामा सामेल भएका छैनन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

करिब ४५ वडाका सभापतिले विज्ञप्ति जारी गरेरै अधिवेशनमा सहभागी जनाइसकेको बुझिएको छ । जिल्ला सभापतिका दाबेदार भीम बहादुर साउदले सबै भ्रातृ तथा शुभेच्छुक संस्था र जनप्रतिनिधिको सहभागिता रहेको बताए । जिल्लाभर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव राख्दा जिल्ला सभापतिले अस्वीकार गरेको साउनको भनाइ छ । उनले भने, ‘जिल्लाभर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव उहाँले स्वीकार गर्नुभएन । तर वडाको नेता कार्यकर्ता अधिवेशनको प्रक्रियामा आइसक्नुभएको छ । सबैले चुनाव चाहनु भएको छ ।’

जिल्ला सभापति बाहेक डडेल्धुराका नेता कार्यकर्ता विवाद गर्ने पक्षमा नरहेको साउनले बताए । ‘सम्माननीय प्रधानमन्त्री तथा पार्टी सभापतिको जिल्लामा कसैले विवाद गर्ने चाहँदैन । तर जिल्ला सभापतिजीले किन गर्न चाहनुभयो थाहा छैन रु उहाँलाई नै थाहा होला,’ उनी भन्छन् । ​​क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै सभापति मल्ल पक्षले अधिवेशन स्थगितको घोषणा गरेको थियो । तर जिल्ला सभापतिलाई काउन्टर दिएर निर्वाचन अधिकृतले अधिवेशन अगाडि पठाएको अवस्था छ । मल्ल पक्षले यथास्थितिमा निर्वाचन प्रक्रियामा माग लिने अडान दिएपछि विवादकै बीच अधिवेशन सुरु भएको देखिन्छ । मल्ल पक्षले निर्वाचन अधिकृत बममाथि हातपात समेत गरेको थियो ।

उनले क्रियाशील सदस्यता विवाद टुंग्याउनु पर्ने र केन्द्रले खटाएको निर्वाचन अधिकृत स्वीकार्य नहुने बताएको छ । साउदले भने जिल्लामा पुगिसकेको क्रियाशीलका विषयमा अनावश्यक विवाद झिकेको बताए ।

Loading...