गोदावरी नगरपालिका भित्र अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण




अत्तरिया, २३ भदौ- कैलालीको गोदावरी नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण गरिएको छ । ईम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायीक कान उपचार केन्द्र अत्तरियाले नगरभित्र रहेका ९० अपाङ्गता भएका व्यक्तिहरुका घरपरिवारलाई नगरपालिकाले राहत उपलब्ध गराएको हो ।



उक्त राहत सामग्री बुधबार नगरका १२ वटै वडामा रहेका ९० जना अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरिएको थियो । नगरका १२ वटै वडाबाट छनौट गरिएका अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरिएको छ ।


कोरोना महामारीका कारण समस्यामा परेका अति विपन्न परिवारका अपाङ्गता भएका व्यक्तिका लागी राहत उपलब्ध गराईएको ईम्याक्ट नेपाल सुदूरपश्चिम सामुदायीक कान उपचार केन्द्र अत्तरियाका परियोजना अधिकृत राम बहादुर बोगटीले बताए । नगरमा रहेका अपाङ्गता सम्बन्धी कार्य गर्ने संघसंस्थाहरुसँगको सहकार्यमा अति विपन्न व्यक्तिहरुलाई छनौट गरी राहत उपलब्ध गराईएको अधिकृत बोगटीले बताए ।
सिबिएमको आर्थिक सहयोगमा वितरण गरिएको राहतमा प्रतिव्यक्तिलाई २५ किलो चामल, २ किलो दाल, २ किलो चिनि, २ किलो नुन, २ वटा साबुन र २ लिटर तेल वितरण गरिएको बोगटीले बताए ।



