पार्टीको कार्यक्रम वहिष्कार गर्नेलाई अधिबेशनबाट किनारा लगाउनुहोस् : सभापति शाह

अत्तरिया, २२ भदौ- नेपाली काँग्रेस गोदावरी नगरसमितीले नगर सम्मेलन आयोजना गरेको छ । मंगलबार बिहान कैलालीको अत्तरियामा जिल्लाको निर्देशन अनुसार कार्यक्रम गरिएको नगरसभापती हेमप्रकाश उप्रेतीले बताए । काँग्रेसको १४ औँ अधिबेशन कैलालीमा अनिश्चित बनेको बेला नगरसम्मेलन आयोजना गरिएको हो ।

नगरसभालाई कैलाली काँग्रेसका सभापती नरनारायण शाह ‘मनु’, पूर्व केन्द्रिय सदस्य सुनिल कुमार भण्डारी, हिरा भट्ट, उपसभापती प्रकाश बम, धनगढी उपमहानगरपालिकाका मेयर निर्प ओड लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

काँग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै सभापती शाहले पार्टीलाई कृयाशिल बनाउन सम्मेलन आयोजना गरिएको दाबी गरेका छन् । सभापती शाहले अधिबेशनको प्रचारको लागी नभएर नियमित कार्यक्रम अनुसार नै सम्मेलन आयोजना गरिएको बताएका छन् । दिर्घराज भाट पक्षिय नेता कार्यकर्ताले सम्मेलन बहिष्कार गरेपछी काँग्रेस कैलालीका सभापती शाह निकै आक्रोसित समेत बनेका थिए ।

सभापति शाहले सम्मेलनमा सहभागी नभएका नेता कार्यकर्ता प्रती लक्षित गर्दै भने सम्मेलनमा नआउनेलाई यो अधिबेशन मार्फत किनारा लगाउनुहोस । ‘मैले तीन पटक सम्म भाट दाईलाई यस क्षेत्रको पार्टी मिलाउन आग्रह गरेको थिए, उँहाले पार्टी मिलाउँछु भनेर म सँग छुटीन्नु भएको थियो,’ उनले भने,’ पार्टीको सभापती उपस्थित भएको कार्यक्रम, पार्टीका केन्द्रिय सदस्य सहभागी भएको कार्यक्रम कसैले बहिष्कार गर्छ भने उनिहरुलाई हामीले मानिरहनु पर्ने जरुरी छैन । हामी कसैका कारीन्दा होइनौ ।’

सभापति शाहले पार्टी १४ औँ अधिबेशनको संघारमा रहेकाले यस क्षेत्रमा पनि पार्टी एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा पूर्व केन्द्रिय सदस्य सुनिल कुमार भन्डारी र हिरा भट्ट को पनि सहभागिता रहेको थियो ।

उक्त सम्मेलनमा पूर्व सभापती दिर्घराज भाट पक्षिय नेताहरुको भने सहभागिता रहेको थिएन । गोदावरीमा बिगत देखी नै काँग्रेस दुई धारको रुपमा बिभाजित हँदै आएको छ ।

Loading...