खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगीताको उपाधी माउन्ट एभरेष्ट युवा क्लबको टिम बिले जित्यो 

अत्तरिया, २० भदाै- कैलालीको अत्तरियामा खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगीता सम्पन्न भएको छ । ‘राष्ट्रका लागी खेलकुद, स्वास्थ्यको लागी खेलकुद’ भन्ने मुल नाराका साथ फारवेष्ट अत्तरिया स्पोट्स एकेडेमीको आयोजनामा शनिवार खुल्ला पेनाल्टी सुट आउट फुटबल प्रतियोगीता सम्पन्न भएको हो ।

Dadeldhura hospital

उक्त प्रतियोगीताको उपाधी माउन्ट एभरेष्ट युवा क्लबको टिम बि ले जितेको छ । फाईनलमा माउन्ट एभरेष्ट युवा क्लबको टिम ए लाई हराउदै टिम बि उपाधी जित्न सफल भएको हो । उपाधीसँग उसले नगद ४० हजार सहित ट्रफी प्राप्त गरेको छ ।

Navadurga sun
Godawari sandesh

उपबिजेता बनेको माउन्ट एभरेष्टको टिम ए ले भने २० हजारमा मै चित्त बुझाएको छ । उक्त प्रतियोगीतमा ३० वटा टिमको सहभागीता रहेको थियो ।

Loading...