सेती प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा शनिबार थप २६ जनामा संक्रमण पुष्टि




अत्तरिया, १९ भदाै- सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा शनिबार (आज) थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १२४ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।



पछिल्लो २४ घण्टामा ३ जना अस्पतालमा भर्ना भएका अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै ४ जना निको भएर घर फर्किएका छन । हाल सेतीमा १४ जना कोरोना संक्रमितको उपचाररत रहेका छन् । जसमध्ये ४ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।






