गोदावरीमा काग्रेसका दुई गुटलाई तोड्न युवाहरुको टिम जुट्यो

अत्तरिया- स्थानिय तहमा गुट बन्दि राजनितिको अन्त्य तथा मजबुत कांग्रेसको निर्माणका लागि हाम्रो अभियान भन्ने मुल नारा सहित गोदावरी नगरपालिका वडा नं. ४ का नेपाली कांग्रेसका युवाहरुले पत्रकार सम्मेलन गरेका छन् । कैलालीको गोदावरी नगरपालिकामा नेपाली काग्रेसका कृयशिल युवाहरु महादिवेशनको बिरुद्धमा उभिएकाे हुन् ।

गोदावरी नगरपालिका वडा नं ४ का कृयशिल युवाहरुले पत्रकार सम्मेलन गर्दै आफुहरु शुक्रवार देखी सुरु भएको नेपाली काग्रेसको १४ औँ महादिवेशनका बिरुद्धमा उत्रिएको बताएका हुन् । उनीहरुले काग्रेस भित्र भैरहेको चरम गुटबन्दीका कारण पार्टी नै सखाप हुने अबस्थामा पुगेकाले आफुहरु १४ औँ महादिवेशनमा सबैले मिलेर जानुपर्ने भन्दै यसको बिरुद्धमा उत्रिएको बताएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काग्रेस वडा नं ४ का कृयशिल युवा देवराज ओझाले बिगतको १३ औँ महादिवेशन देखी गोदावरी नगरपालिकामा झन चरम गुटबन्दी बढ्दै जादाँ त्यसको असर आमनिर्वाचनमा प्रष्ट देखिएकाले आफुहरु यसका बिरुद्धमा लागेको बताए । उनले स्थानिय तहमा गुटबन्दी राजनितिको अन्त्य र मजबुत कागे्रसको निर्माणका लागि आफुहरुले अभियानको सुरुवात गरेको बताए । उनले बिगतमा भएका कमी कमजोरीहरुलाई दुवै पक्षले सुधार गर्दै मिलेर जानुको बिकल्प नभएको बताएका छन् । उनले महादिवेशन नै सबै कुरा नभएकाले गुटउपगुट तथा ब्यक्तिवादी राजनितिलाई त्याग गर्दै सबै मिलेर आगामी स्थानिय, प्रदेश र संघको आमनिर्वाचनमा कसरी काग्रेसलाई पहिलो पार्टी बनाउन सकिन्छ भनेर लाग्नुपर्ने बताए ।

देशमा पहिलो पटक लोकतन्त्रको स्थापना गर्ने पार्टी काग्रेस भएकाले धेरै धेरै जसो युवापुस्ता यस पार्टीमा आउन चहेपनि नेतृत्वकर्ता र पुराना नेताहरुवाटै भैरहेको गुटगत राजनितिहरुले युवाहरु पलाएन हुनुपर्ने अबस्थालाई पार्टीका नेतृत्वकर्ताहरुले मनन गर्नुपर्ने अबस्था आएको नेता ओझाले बताए ।

Dadeldhura hospital

गुटउपगुट गरेर एक अर्कालाई हराउनकै पक्षमा लागेमा कहिले पार्टी बलियो नहुने बताउदै उनले आफुहरुको पहिलो माग यस १४ औँ महादिवेशनमा सबैको मन जित्दै एक अर्कालाई सहयोग गरेर सर्वसम्मत रुपमा नेतृत्व चयन होस भन्ने चहाना रहेको धारणा राखे । पत्रकार सम्मेलनमा बोल्दै अर्का युवा नेता पुष्पराज भट्टले आफुहरु गोदावरी नगरपालिका सहित देशभर महादिवेशनलाई चुनावका माध्यमवाट नभई सर्वसम्मत नेतृत्व चयन होस भन्ने चहानाका साथ एक अभियानकै रुपमा लागेको बताए ।

उनले गोदावरीमा देखिएको २ गुटलाई त्याग गर्दै आफुहरु तेस्रो पक्षमा रहेको बताए । उनले महादिवेशनमा धुमधामका साथ चुनाव गर्दै कुनै एक पक्षलाई हराएर पत्तासाफ गर्न खोजिएपनि यसले कसैलाई फाईदा नहुने बरु पार्टी झन कमजोर बन्दै जाने धारणा राखे ।

यस महादिनवेशनले गर्दा फेरि अबको आउदो आम निर्वाचनमा गतबर्षको चुनाब जस्तै देशभर हार्नुपर्ने अबस्था नआवस उनले भने हाम्रो भनाई महादिवेशन हुनुहुदैन, हामी यसको बिरोधमा छौ भन्ने होइन तर यो महादिवेशनलाई सबै कुरा मान्नुहुदैन, सक्षम जसले पार्टीका सोच्छ, पार्टीलाई एकजुट बनाएर लैजान सक्छ त्यस्तो नेतृत्वलाई सबैलाई सहयोग गरेर सर्वसम्मत चयन गर्नुपर्छ र आमा निर्वाचनमा देशको पहिलो पार्टी हुनुपर्छ।

त्यस्तै पत्रकार सम्मेलनमा सहभागि युवा नेता भुवन महराले आफुहरुले ब्यक्ति भन्दा पनि पार्टीलाई मजबुत बनाउनका लागि यो अभियानको सुरुवात गरेको बताए । उनले वडा नं ४ का कृयशिल तथा आस्थावान युवाहरु मिलेर सुरु गरेको यस अभियानलाई देशभरी फैलाउदै लैजाने बताए ।

उनले वडा नं ४ मा यस अघि आफुहरुले दुवै पक्षलाई बोलाएर सहमतिको प्रयास गराएपनि दुवै पक्षले असहमति जनाएको बताए । साथै गोदावरीका १२ वटै वडाका कृयशिल युवाहरुलाई यस अभियानमा जोडिएर सबैको साथ सहयोग दिनका लागि समेत उनले आग्रह गरेका छन्। आफ्नो अभियानको उद्देश्य भनेको गुटउपगुटलाई बन्द गराउन, काग्रेसको जरा बलियो बनाउन, महादिवेशनमा मात्रै केन्द्रित नभएर अब आउने तिनै तहको आमनिर्वाचनमा कसरी देशभर पहिलो पार्टी बनाउने भनेर लाग्नुपर्ने, स्थानिय तहमा गुटगत राजनिति भए पार्टी कमजोर हुने भएकाले पार्टीलाई बलियो बनाउन गुटगत राजनिति त्यागेर सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने र युवाहरु एक जुट भएभई पार्टी बलियो बनाउन लाग्नुपर्ने रहेको पत्रकार सम्मेलनमा सहभागि युवा नेताहरुले बताएका छन् ।

उनीहरुले सर्वप्रथम चुनावको वाताबरण नआवस आएमा आफुहरु युवापनि चुनाव लड्ने बताएका छन् । स्रोतका अनुसार उनीहरु सबै पार्टी सभापति शेर बहादुर देउवाको पक्षमा रहेका छन् । आसन्न १४ औँ महादिवेशनमा गोदावरी नगरपालिकामा २ वटा पक्ष आ-आफ्नो प्यानल सहित मैदानमा रहेका छन् । उनीहरु अहिले गाउँ गाउँमा कृयशिल सदस्यहरुलाई भेट्नमा ब्यस्त रहेका छन् ।

Loading...