सुदूरपश्चिममा ३५ जनामा संक्रमण पुष्टि, ४० जना संक्रमणमुक्त




अत्तरिया, १८ भदाै- सुदूरपश्चिम प्रदेशमा ३५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। प्रदेशभर पीसीआर र एन्टिजेन बिधिबाट ९ सय ७२ जनाको नमुना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो।



सेती प्रादेशिक अस्पतालमा १ सय २३ जनाको नमुना परीक्षण गर्दा २४ जना, महाकाली अस्पतालमा १२ जनाकाे नमुना परीक्षण गर्दा २ जना र डडेल्धुरा अस्पतालमा १३ जनाको नमुना परीक्षण गर्दा १ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।


त्यसैगरी कमल बजार प्रयोगशालामा ४ जनाको नमुन परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ। आज प्रदशभर ४० जना संक्रमणमुक्त भएका छन्।



