प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ

अत्तरिया, १७ भदौ- प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गर्ने बझाङका एक युवक पक्राउ परेका छन् । हाल प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भएको अवस्थामा बझाङको मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंहले ठगी गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।

Dadeldhura hospital

बुधबार उनलाई धनगढी उपमहानगरपालिका–३ चौराहाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। उनका अनुसार प्रहरी बनाइदिने भन्दै सिंहले पीडितबाट ६० हजार रकम समेत मागेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh

साथै सिंहले रकम नदिए प्रहरीको छनोटबाट फेल गरिदिने भन्दै धम्की समेत दिने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका सिंहमाथि ठगी शिर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...