भरुवा बन्दुक सहित एक जना पक्राउ





अत्तरिया, ११ भदाै– कैलालीमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन । मोहन्याल गाउँपालिका वडा नं. ६ नारासोतीका ५० वर्षीय गंगाराम जैशी भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।
उनलाई ईलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट खटिईको प्रहरी टोलीले बिहिबार बन्दुक सहित पक्राउ गरेको हो ।
उनी विरुद्ध हातहतियार शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



