अत्तरियामा सरकारका बिरुद्ध चर्को नाराबाजी गर्दै एमालेको बिरोध प्रर्दशन




अत्तरिया, ७ भदौ- कैलालीको अत्तरियामा सरकारका बिरुद्ध चर्को नाराबाजी सहित बिरोध प्रर्दशन गरिएको छ । नेकपा एमाले गोदावरी नगरकमिटिको आयोजनामा अत्तरियाको नमस्ते होटलको सभा हलमा भएको अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएपछि सरकारका विरुद्ध अत्तरिया बजारको चारैतिर चर्को नाराबाजी गर्दै बिरोध प्रर्दशन गरिएको हो ।


ठूलो संख्यामा रहेका एमालेका नेता कार्याकर्ताहरुले कार्यक्रम स्थल देखी अत्तरिया बजारको चारै तिर चर्को नाराबाजी सहित परिक्रमा गरि अन्तमा कोण सभामा परिणत भएको थियो ।


र्यालीमा सहभागीहरुले ‘नेकपा एमाले जिन्दावाद’, ‘नेपाली जनता के भन्छ केपी ओली ले भन्छ’, ‘भूमि आयोेग कायम गर’, ‘भूमिहिनलाई लापुर्जा दे’, ‘संबिधान बिरोधी दल विभाजन सम्बन्धि अध्यादेश खारेज गर’ जस्ता नारा लगाएका थिए ।

कोण सभालाई सम्बोधन गर्दै नेकपा एमाले गोदावरी नगरकमिटि अध्यक्ष गोकण भट्टले परमादेशवाट आएको जनबिरोधी सरकारलाई प्रदर्शनवाटै फाल्नुपर्ने बताए । केपी ओली नेतृत्वको सरकारले जनताका पक्षमा राम्राराम्रा काम गर्दै आएको भएपनि बिदेशीहरुको ईसारमा सरकार ढालेको भट्टले बताए ।
भट्टले यो सरकारको बिरुद्ध चुप लागेर नबस्न सम्पूणर् कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
त्यस्तै सोही कोण सभालाई सम्बोधन गर्दै नेकपा एमाले गोदावरी नगरकमिटि सचिब आनन्द भट्टले एमालेको सरकारले गरिब, निमुखा तथा भूमिहिन जनताहरुलाई लालपुर्जा दिन सम्पूणर् तयारी पूरा गरेका बेला अहिलेको सरकारले आयोग नै खारेज गरेकाले त्यसका बिरुद्ध प्रर्दशनमा उत्रिएको बताए ।
उनले परमादेसवाट आएको सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग खारेज गरेको र संबिधान बिरोधी दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको भन्दै आफुहरु सडकमा उत्रिनु परेको बताए । त्यसलाई कुनै पनि हालतमा गरिब, सुकुम्बासी जनताहरुले लालपुर्जा पाउनुपर्ने र यसका लागि तत्काल भूमि आयोग कायम गरिनुपर्ने माग समेत राखेका छन् ।
उक्त बिरोध प्रर्दशन कार्यक्रममा नेकपा एमाले कैलालीका नेता कार्याकर्ताका साथै भातृ संगठन राट्रिय युवा संघ कैलाली, अनेरास्ववियू कैलाली र नेपाल खेलकुद महासंघ कैलालीका नेता कार्यकर्ताको सहभागिता समेत रहेको थियो ।



