डीडीसीद्वारा गोदावरी पत्रकार मञ्चका टिमलाई स्वागत
चालु आवको पुस मसान्त सम्म ४ लाख १४ हजार ४ सय २५ लिटर दुध संकलन गर्न सफल





अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान डीडीसीले गोदावरी पत्रकार मञ्च अत्तरियाका सम्पूर्ण नवनिर्वाचित पत्रकारहरुको टिमलाई स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरेको छ ।


सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) धनगढी दुग्ध बितरण आयोजनाले सोमबार आफ्नै कार्यालयमा एक कार्यक्रममा बिच मञ्चका सम्पूणर् पत्रकारका टिमहरुलाई बधाई दिदै स्वागत गरेका छन् ।




अत्तरिया क्षेत्रका बिभिन्न मिडियामा आबद्ध कृयशिल पत्रकारहरु मिलेर पत्रकार मञ्च गठन भई एकताबद्ध भएको भन्दै सबैलाई एक साथ स्वागत गर्न पाउदाँ खुसी लागेको आयोजनाका प्रमुख कृष्ण अर्यालले बताए । उनले सम्पूणर् टिमलाई बधाई दिदै सबैलाई निपष्क्ष भएर कलम चलाउन अनुरोध समेत गरेका छन् ।
पत्रकार मञ्चको टिमलाई कार्यालयमै बोलाएर स्वागत सम्मान गरेकोप्रति पत्रकार मञ्चका तर्फवाट मञ्चका अध्यक्ष हेमराज भट्टले धनगढी दुग्ध बितरण आयोजनालाई धन्यवाद दिएका छन् । उनले आगमी दिनहरुमा पनि सबैको साथ सहयोगको अपेक्षा राखेको र यस क्षेत्रका साझा समस्याहरुलाई सामुहिक रुपमा उठान गर्दै जाने बताएका छन् ।
यसैबिच उक्त धनगढी दुग्ध बितरण आयोजनाले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा ४ लाख १४ हजार ४ सय २५ लिटर दुध संकलन गर्न सफल भएकोे छ । १३ लाख १४ हजार ५ सय बार्षिक लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्ममा ४ लाख १४ हजार ४ सय २५ लिटर दुध संकलन गर्न सफल भएकोे हो ।
गत आर्थिक वर्ष पनि आयोजनाले १३ लाख १४ हजार ५ सय बार्षिक लक्ष्य लिएको थियो जसमध्ये कोरेनाका कारण आयोजनाले १२ लाख १० अजनर ३ सय ३१ लिटर दुध संकलन गरेको थियो । दैनिक १० हजार दुध संकलनको क्षमता भएपनि धुलो दूध र मख्खनको मौज्दात बढि भएकाले हाल ५ सय लिटर मात्र दुध संकलन गरिरहेको आयोजना प्रमुख अर्यालले बताए । उनले बजार विस्तार र पूर्वाधार विकास हुन नसक्दा व्यापार बढ्न नसकेकोले नयाँ क्षेत्र विस्तार र पूर्वाधारमा सरकारले लगानी गरे निजी क्षेत्रसँग प्रतिष्पर्धामा रहेर काम गर्न सकिने उनले बताए । डीडीसीले खुला दूध बिक्री गर्न नपाइने गरी आएको दूध तथा दुग्धपदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका कार्यान्वयन नभएकाले बजारमा दूध खपत गर्न कठिन भएको बताए ।



