धनगढी उप-महानगरपालिका ३ नं वडा कार्यालय भवनकाे शिलन्यास

धनगढी- धनगढी उप-महानगरपालिका ३ नं. वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । धनगढी उप-महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले सोमबार भवनको शिलन्यास गरेका हुन । निर्माण भैरहेको वडा कार्यालय भवन एक बर्ष भित्रै निर्माण सम्पन्न हुने गरि ठेक्का सम्झौता भएको छ ।

Dadeldhura hospital

नगर प्रमुख नृपबहादुर वडले १९ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भैसकेको बताए । बाँकी वडाको वडा कार्यालय भवन पनि निर्माण कार्य आफ्नो कार्यकाल भित्रै सम्पन्न गरिने नगरप्रमुख वडले बताए । वडा कार्यालय ब्यबस्थीत नभए सम्म वडा तहको कार्य सम्पादन ब्यबस्थीत हुन नसक्ने भएका कारणले पूर्वाधार निर्माण कार्यलाई उप-महानगरपालिकाले प्राथमिकतामा राखेको नगर प्रमुख वडले बताए । वडले भने- ‘कार्यालयनै ब्यबस्थीत भएन भने त्यहाँबाट सम्पादन हुने काम प्रभावकारी हुन सक्दैन त्यसैले पनि हामीले वडा कार्यालयका आफ्नै भवनहरु निर्माण गर्न सुरु गरेका छौंं ।’

godawari10 Mahila hinsa
Navadurga sun

धनगढी उप-महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष बलबहादुर ऐरले वडा कार्यालयको निर्माण कार्य कस्तो भैरहेको छ त्यसको निगरानी गर्न स्थानीय संग अनुरोध समेत गरेका छन् । ऐरले भने- यो वडाबासीको सम्पती हो निर्माण कार्य राम्रो संग सम्पन्न गर्नुपर्छ । वडा कार्यालयको निर्माण कार्य समयमै सम्पन्न हुने समेत बताए ।

Loading...