शहिद प्रज्वल शाहिको स्मृतिमा वृक्षरोपण कार्यक्रम सम्पन्न

Dadeldhura hospital

धनगढी, १७ साउन- अखिल (क्रान्तिकारी) कैलालीले एकीकृत जनक्रान्तीका महान शहिद प्रज्वल शाहिको स्मृतिमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । कैलालीको कैलारी गाउँपालिका वडा नं. १ मझरा स्थित वनदेवि प्रा. वि. , सोही गा. पा को वार्ड न. २ स्थित सरस्वती प्रा. वि. र त्यही रहेको वनदेवी मन्दिरको प्राङ्गणमा झण्डै ५०० बोटविरुवाहरु वृक्षरोपण गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा सेतिमहाकाली ब्यूरो संयोजक क. विरेन्द्र शाह , अतिथि नेकपाका कैलारी गा.पा. इन्चार्ज क.बिरु चौधरी रहनुभएको थियो । वृक्षरोपण कार्यक्रममा अखिल (क्रान्तिकारी) जिल्ला संयोजक क. सुबास किरण जोशी, जिल्ला सदस्य क. मनोज चौधरी लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । प्रज्वल शाही अखिल ( क्रान्तिकारी ) का तत्कालीन केन्द्रिय सदस्य हुन।

Loading...