बझाङमा २२ प्रतिशत मतदान

बझाङ- बझाङमा अहिलेसम्म २२ प्रतिशत मतदान भएको छ। बझाङको प्रदेश सभा (१) मा १ बजेसम्म २२ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए। प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ का सम्पूर्ण मतदानस्थल र केन्द्रहरूमा शनिबार बिहान ७ बजेदेखि मतदान सुरू भएको थियो । सबै मतदानस्थल र केन्द्रहरूमा शान्तिपूर्ण तवरले मतदान चलिरहेको उनले बताए ।

Dadeldhura hospital

बझाङमा उपनिर्वाचन भएको प्रदेश सभा (१) मा ६१ हजार ७४८ मतदाता छन्। त्यहाँबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन रिक्त रहेको स्थानमा पदपूर्तिका लागि मतदान भइरहेको हो। यहाँ विभिन्न दलका ११ जना उम्मेदवार छन्।

Navadurga sun
Godawari sandesh

एमालेबाट दमन बहादुर भण्डारी, कांग्रेसबाट अभिषेक बहादुर सिंह, माओवादी केन्द्रबाट जनक बहादुर बुढा, राप्रपाबाट किशोर कुमार खड्का, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह, नेमकिपाबाट खगेन्द्र बहादुर शाही, जनमत पार्टीबाट शुशिला देवी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खड्का, जनता समाजवादी पार्टीबाट राम बहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा उम्मेदवार छन्। यहाँ ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ। मतदानका साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

Loading...