सेती प्रादेशिक अस्पतालमा १२२ नमूना परीक्षण गर्दा ४३ जनामा कोरोना पुष्टि

अत्तरिया, ६ साउन- कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Dadeldhura hospital

सेती प्रादेशिकको प्रयोगशालामा १२२ जनाको नमूना परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी ७९ जनाको कोरोना रिपोर्ट निगेटिभ आएको छ । हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन् । जसमध्ये २ जना संक्रमित आईसीयूमा उपचाररत रहेको छन् ।

Navadurga sun
Godawari sandesh

त्यस्तै पछिल्लो २४ घण्टामा २ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ३ बिरामी अस्पतालमा भर्ना भएका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

Loading...