गाडी भाडा २८ प्रतिशतसम्म बढ्यो

अत्तरिया : यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको छ। हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडा बढेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

विभागका अनुसार यात्रुवाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ। यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ। तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढाइएको छ।

Navadurga sun
Godawari sandesh

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चका सम्बन्धमा विभागले गरेको बजार अध्ययन र सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा समायोजन गरिएको विभागको दाबी छ।

श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिको आधारमा भाडामा समायोजन गरिएको विभागको भनाइ छ। भाडा बढाउने सम्बन्धमा असार २७ गते नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्णय गरेको थियो।

Couple
Loading...